Logo
Logo

रेशम चौधरीलाई रिहा गर्न आवश्यक छ : अध्यक्ष नेपाल


2.1k
Shares

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्न आवश्यक रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आइतबार समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुुन् ।

हाल टिकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमलाई मात्र नभएर राजनीतिक प्रकृतिमा विषयका मुद्धालाई छिटो टुंगाउन आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले भने, ‘रेशमलाई रिहा गर्न आवश्यक छ । रेशममात्र होइन हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

यस्तै उनले सुदूरपश्चिमको नवगठित सरकारलाई नै टिकाइराख्न सबै दलहरूलाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले सुदूरपश्चिमको प्रदेशसभाले सरकार बनाउन नसकेर मध्यवधि चुनाव जाने वातावरण बनाउन नहुने समेत बताए ।
उनले भने, ‘मध्यावधि चुनावमा जानु हुँदैन, हाम्रो मुलुकको अर्थतन्त्रले पनि थेग्न सक्दैन, यो सरकार कायम रहोस्, यसमा सबैले सहकार्य गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्