Logo
Logo

राष्ट्रपतिको सवारीका बेला मैले सांसदको लोगो छोप्नु परेको थियो : रघुजी पन्त


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बौल्दै उनले जनताका दुःख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफू मोटरसाइकलमा यात्रा गरिरहेको बताउँदै भने, ‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन । अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ । थुप्रै मानिसले गाली गरिरहेका छन् । मैले लोगो छोप्नुप¥यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले ।’

गएको शुक्रबार राष्ट्रपति संघीय संसद बैठकमा सम्बोधन गर्न आउजाउ गर्दा बाटो खाली गराइएको थियो । सांसद पन्तले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्