Logo
Logo

जनयुद्ध दिवसमा सार्वजनिक विदा, राप्रपा असन्तुष्ट


2k
Shares

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरू बैठकमा उपस्थित भएनन् । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव ल्याइएपछि उनीहरु मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका हुन् ।

फाइल फोटो

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छ । तर, सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने असन्तुष्टि जनाएका छन् ।

यसअघि राप्रपाकै प्रस्तावमा सरकारले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर, उनीहरुले जनयुद्ध दिवसको अवसरमा दिइएको सार्वजनिक विदाप्रति भने असन्तुष्टि जनाएका छन् ।

राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा रहेका छन् ।

राप्रपाका एक मन्त्रीले जनयुद्ध दिवशमा विदा दिने निर्णयप्रति आफ्नो पार्टीको सकरात्मक नरहेको बताए । उनले भने, ‘जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिनेबारे यसअघि खाशै छलफलसमेत भएको थिएन । बृहत्त छलफल नै नगरि गरिएको निर्णयप्रति हाम्रो पार्टी सकरात्मक छैन ।’

प्रतिक्रिया दिनुहोस्