
काठमाडौं । मुलकका सबैजसो भु–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार राती पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतवारसम्म पहाडी भु-भागमा हिमपात भए पनि सोमवार भने त्यस्तो हुने छैन ।
आइतबार प्रदेश नं. १ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात परेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भु-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी चलेको थियो ।
तर तराई मधेसका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











