Logo
Logo

आज देशभर सार्वजनिक बिदा


315
Shares

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो । माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो ।

त्यो करिब १० वर्षसम्म चलेको थियो । द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा फागुन १ लाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन् ।

तर, राज्यपक्षबाटै यस दिन बिदा दिइँदा चौतर्फी विरोध गरिएको छ । सत्तासाझेदार दलका नेता–कार्यकर्ताले नै उक्त निर्णयको विरोध गरेका छन् । नागरिकस्तरबाट पनि चर्को विरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्