
काठमाड । भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन । उनी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका बिदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।
सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ । बिदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन । सो छलफल पछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ’लञ्च’ कार्यक्रममा सहभागी हुनेछन । पराराष्ट सचिबले दिएको लन्च पछि उनले परराष्ट्र मन्त्री बिमला राईसँग द्वि-पक्षिय भेटघाट गर्नेछन् ।
प्रनधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रनधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन । सोमवार नै बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।
बिदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबासँग भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।











