
काठमाडौं । चितवन-२ मा बैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तयारी सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो ।
आयोगले सार्बजनिक गरेका तालिका अनुसार १ फागुन देखी १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयन माथी बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ ।
उम्मेदवारको नामावली सार्बजनिक गरेको भोलिपल्ट अर्थात २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत साता सर्वोच्च अदालतको सबैंधानिक इजालासले सो क्षेत्रवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो ।
सो रिक्त स्थानमा निर्वाचन आयोगले १० बैशाखमा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो ।











