Logo
Logo

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय


1.8k
Shares

काठमाडौं । सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय’ बनाउने निर्णय गरेको हो ।

केहिबेरपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको आजै उद्घाटन गर्दैछन् ।

त्ययसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गरेका थिए ।

छलफलका क्रममा गेटा कलेजलाई राष्ट्रिय विश्वविद्यालय बनाउने प्रतिवद्धता गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषदमार्फत निर्णय नै गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्