Logo
Logo

काठमाडौं आइपुगे भारतीय विदेश सचिव, आजै उच्चस्तरीय भेटवार्ता गर्ने


378
Shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रसचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका लागि केहि बेरअघि काठमाडौं आइपुगेका हुन् ।

उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत परराष्ट्रका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उनी नेपाल–भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्र बैठकमा पनि उनी सहभागी हुनेछन् । बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रम राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो भ्रमणमा क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ । विदेश सचिव क्वावत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने छन् । विदेश सचिव हुनुअघि उनी नेपालमै राजदूत थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्