Logo
Logo

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु


504
Shares

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सुरु भएको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता सुरु भएको हो ।

भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका हुन् ।

बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको बिषयमा कुराकानी गर्नेछन् । त्यसपछि क्वात्रा पराराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्