
काठमाडौं । नयाँ बसपार्कस्थित लोत्से मलका पीडित व्यवसायीले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै पीडित व्यवसायीले सो माग गरेका हुन् । सोमबार यातायात मजदुरहरुले गरेको आन्दोलनका क्रममा ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको व्यवसायीको दाबी छ ।
उक्त मोबाइल पसलका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो ।
चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन् । देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन् ।











