Logo
Logo

उपप्रधानमन्त्री लिङ्देनसँग भारतीय विदेश सचिव क्वात्राको भेट


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । 

सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्