
दैलेख । आफ्नै २७ वर्षीया श्रीमती पार्वती बिसीको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











