Logo
Logo

ओलीको प्रश्न- समाजवाद कस्तो हुन्छ ? 


1.3k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले समाजवादी कस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । आज अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रश्न गरेका हुन् । 

उनले भने- ‘समाजवादी उहिलेदेखि नै धेरै मान्छेले भन्ने गरे । नेपालमा पनि समाजवाद भन्ने गरे । जनवाद भन्ने गरे । आउँछ कसरी ? प्रणाली हुन्छ कस्तो ? त्यो प्रणाली हुन्छ कस्तो ? त्यसको सामाजिक व्यवस्था कस्तो हुन्छ ? त्यसको राजनीतिक व्यवस्था कस्तो हुन्छ ? त्यसको आर्थिक प्रणाली र व्यवस्था कस्तो हुन्छ ? र, त्यसका विविध पक्षहरू कस्तो हुन्छ ?’ 

उनले जनता पीडामा भएको पनि बताए । उनले भने, ‘नेपाली जनता पीडामा छन् ।  हाम्रो कर्तव्य यस पीडाबाट जनतालाई मुक्त गर्न । हामी समृद नेपाल सुखी नेपाली भनेको र यो हाम्रो राष्ट्रिय आकाङ्क्षा  यस आकाङ्क्षालाई हामीले आफ्नो गन्तव्य बनाएका छौँ । र त्यो गन्तव्यको लागि हिँड्छौँ भनेको त्यसै कारण हो । ’

प्रतिक्रिया दिनुहोस्