Logo
Logo

भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग


0
Shares

काठमाडौं । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रका बासिन्दाका लागि यस वर्षको दशैँ निरस बनेको छ ।

The current image has no alternative text. The file name is: bidur-betrawoti-flood-badhi-bhotekoshi-rasuwa.jpg

वर्षभरको थकान बिर्सेर आफन्तसँग टीका र जमरा थाप्ने उत्साह हुनुपर्ने विजयादशमीका दिन प्रभावित क्षेत्रमा न त कुनै उत्सव छ, न त कुनै उमङ्ग नै छ । बाढीले घर तथा संरचनाहरू बगाएपछि बाँकी रहेका भग्नावशेष, आफन्त गुमाएको पीडा र उजाडिएका बस्तीहरू पूर्ण रूपमा सुनसान बनेका छन् ।

भोटेकोशीको बाढीले घरबारविहीन बनाएका कतिपय मानिसहरू अझै पनि होल्डिङ सेन्टर तथा अस्थायी टेन्टमा दिन बिताउन बाध्य छन्। अस्थायी शिविर र भाडाका कोठामा बसेर दिन काट्नुपर्ने बाध्यताका कारण स्थानीयवासीहरू गास र बासकै चिन्तामा रहेकाले यसपालि दशैँको कुनै रमाइलो महसुस हुन नसकेको बताउँछन् ।

विशेषगरी रसुवा, नुवाकोट र धादिङ बाढीबाट अति प्रभावित भएका छन् । विगतका वर्षहरूमा पारिवारिक पुनर्मिलन, खुसी र आत्मीयताका साथ मनाइने यो पर्व बाढीका कारण परिवारका सदस्यहरू तितरबितर भएपछि खल्लो बनेको छ । बाढीबाट प्रभावित बनेका सम्पूर्ण परिवारलाई उचित बासको व्यवस्थापन गर्न सकिएमा मात्र उनीहरूका लागि ठूलो राहत मिल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्