Logo
Logo

अध्यक्ष नेपालको आह्वान- अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौँ


2k
Shares

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन् । पोखरामा बुधबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौँ । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौँ ।’

राजतन्त्र फर्काउने उदघोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको एक कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो संकेत गरेका हुन् । सोमबार दुर्गा प्रसाइँको नेतृत्वमा सुरु भएको नेपाली जनता जोगाऔँ अभियानको पूवराजा ज्ञानेन्द्र शाहले झापाका उद्घाटन गरेका थिए ।

उनले वर्तमान सत्ता गठबन्धनलाई ‘खिचडी गठबन्धन’को संज्ञा दिँदै भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ अहिलेको सत्ता गठबन्धन परिवर्तनप्रति गौरववोध गर्ने खालको नभएको उनको भनाइ छ ।

यसैबीच अध्यक्ष नेपालले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने स्पष्ट पारे । उनले भने, ‘अरु पार्टीलेजस्तो हारेपनि जितेपनि हावातालमा उम्मेदवारी दिँदैनौँ ।’

प्रतिक्रिया दिनुहोस्