कैलाली । निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराएको छ । उनी १९ माघमा बाँकेबाट पक्राउ परेका थिए ।

कैलाली–२ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।
२९ गते देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीलाई आज बयानका लागि अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधिमार्फत बयान दिनेछन् ।














