Logo
Logo

कालीगण्डकीमा बस खस्याे, १७ जना घाइते


630
Shares

पोखरा । मुस्ताङ जोमसोमबाट पोखराका आउदै गरेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ थुम्पु भन्ने ठाँबाट म्याग्दी कोरोला यातायातको उक्त बस सडकबाट बस कालीगण्डकीमा खसेर देर्घटनाग्रस्त भएको हो ।

बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्