Logo
Logo

सडकलाई वधशाला हुनबाट रोकियाेस् : योगेश भट्टराई


882
Shares

फायल फोटो

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सडकलाई वधशाला हुनबाट रोक्नुपर्ने बताएका छन् । नेपालको सडकमा गुड्ने दुई पाङ्ग्रे लगायत सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या बढेकोप्रति सरकारको ध्यानआकर्षण गर्दै नेता भट्टराईले सडकलाई बदशाला नभई जीवनशाला बनाउन जरुरी रहेको बताएका हुन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र यातायात व्यवस्था विभागले लाइसेन्स आफै जाँच्ने दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा भइरहेको बताए । उनले रोड सेप्टी काउन्सिल गठन गर्न माग गर्दै यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताए । साथै उनले नेपालमा दुई पाङग्रे सवारी साधनमा ७० प्रतिशत मृत्यु हुने गरेको भन्दै यस्ता विषयमा छलफल गर्न जरुरी रहेको बताए ।

‘अटो ल्यान्डको निर्माण गर्ने, यातायात क्षेत्रका श्रमिकहरूलाई उचित ढङ्गले सम्बोधन गर्ने, भेहिकल टेस्टिङ सेन्टरहरूको निर्माण गर्ने, सडक पूर्वाधारको विकास गर्ने, सडक बीमा र दुर्घटनापछिको उद्धार उपचार र पुनर्स्थापनाजस्ता पक्षहरूमा ध्यान दिँदै सडक मान्छेको जीवनयापनको सजिलो माध्यम हो’, भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशालाबनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्