Logo
Logo

माग सुनुवाइ नभएमा संसद अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी


756
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । उनले झुट्टा मुद्दा लगाएर कसैलाई थुन्न नपाइने बताए ।

सांसद चौधरीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए सडक र संसद दुवैमा आन्दोलन गर्ने बताए । उनले आफ्नो माग पुरा नभए संसद् अवरोध गर्ने चेतावनीसमेत दिए ।

‘सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्ने आदेशको कार्यान्वयन किन गर्दैन ?,’ प्रश्न गर्दै उनले भने, ‘अदालतको आदेश मानेर थारुहरू जेलमा बस्नुपर्ने अनि अदालतको आदेश नमान्दै राज्यले उपरखुट्टी लगाउन पाइन्छ ? आजदेखि हाम्रो आन्दोलन सदनमा पनि सुरु भयो, अब जबसम्म लाल आयोग प्रतिवेदन सार्वजनिक हुन्न तबसम्म सदन चल्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्