काठमाडौं । ‘म्याकुरी’ नामले परिचित कलाकार पवन खतिवडा पक्राउ परेका छन् ।
मादक पर्दाथ सेवान गरेर झगडा गरेको आरोपमा उनलाई प्रहरीले बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको हो । खतिवडाले मातेका बेलबारी–४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएका थिए । कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
उनीमाथि म्याद थप नगरिएको र आज नै छाड्ने तयारी रहेको डिएसपी कार्कीले बताए । पीडित पक्षका आफन्तहरुसँड मिलापत्र गराएर छाड्ने प्रहरीको तयारी छ ।
उनले विभिन्न टेलिसिरियलमा काम गर्दै आएका छन् । टेलिसिरियलमा उनी ‘म्याकुरी’ थेगोले उनी चर्चित छन् ।














