Logo
Logo

बालेनसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश


693
Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग तत्काल जरिवाना नअसुल्न अन्तिरम आदेश दिएको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगको नामम अन्तरिम आदेश जारी गर्दै तत्कालन जरिवाना नलिन फैसला सुनाएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले ६ महिने अल्टिमेटम दिएको थियो । निर्वाचन आयोगले गत भदौ ३१ गते एक लाख २३ हजार ६२४ स्थानीय तहका उम्मेदवारले समयमा खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्