
१. गोङ्गबु घटनाको छानबिन गर्न र लुटपाटमा संलग्नलाई कारबाही प्रधानमन्त्री प्रचण्डको निर्देशन, घटनाको गहिरो छानबिन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन, घटनालाई आफूले गम्भीर रुपमा लिएको भनाइ, पीडितले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउन आग्रह ।

२. चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता, २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने ।

३. सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय, जनता आधारभूत आवश्यकताकै लागि भाँैतारिनुपरेको डा. चन्द्र भण्डारीको भनाइ, स्थानीय तहमा आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाहका कठिनाइ भएको पूर्णबहादुर घर्तीको ठहर, नागरिकता विधेय रोके सडकबाट संघर्ष गर्ने जसपा सांसदको चेतावनी ।

४. नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने जिकीर, राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने ।

५. काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तिरम आदेश, निर्वाचन आयोगको नामम अन्तरिम आदेश जारी गर्दै तत्कालन जरिवाना नलिन फैसला, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत संलग्न संवैधानिक इजलासद्वारा आदेश जारी ।

६. भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउँदै, नेपाली सेनाको स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन पूर्वप्रमुखहरु शुक्रबार नेपाल आउने, भारतीय सेनाका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे नेपाल आउने तय ।

७. लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कवापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक साताभित्र ऋणीलाई फिर्ता दिने, लघुवित्तहरुले वार्षिक १ दशमलब ५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने, एउटा ग्राहकले एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने सहमति ।

८. आज सेयर बजार आरालो लाग्यो, नेप्से परिसूचक १३ दशमलब ९० अंकले घटेर दुई हजार ९१ दशमलब ५६ बिन्दुमा झरेर रोकियो, सेन्सेटिभ इन्डेक्स १ दशमलब ६६ अंकले घटेर चार सय विन्दुमा झर्यो, कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री ।

९. दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा, १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने सिआइबीको राय, व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी फिक्सिङमा संलग्न भएको निष्कर्ष ।

१०. अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण, आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान, आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने प्रक्षेपण ।















