
काठमाडौं । आज प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।














