Logo
Logo

अस्पताल पुगेर देउवा र सभामुखले लिए सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

बिहीबार बिहान अस्पताल पुगेर देउवाले ग्यास सिलिण्डर पड्किएर घाइते भएका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।

सांसद भण्डारीका शरीरको २५ प्रतिशत भाग जलेको र फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । उनकी आमाको भने ७० प्रतिशत शरीर जलेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै दुबै जनाको अवस्था गम्भीर रहेका जानकारी दिएको छ ।

गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्