Logo
Logo

स्ववियु निर्वाचन आफ्नो पक्षमा आउने सुदेश पराजुलीकाे दावी


945
Shares

कास्की । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठनले जित्ने दावी गरेका छन् ।

अनेरास्ववियू कास्की जिल्ला कमिटीद्वारा आयोजित अखिल कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन आफ्नो पक्षमा आउने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटनको सन्दर्भमा अन्य सङ्गठनलाई छक्का हान्ने बताएको सन्दर्भलाई जोड्दै अध्यक्ष पराजुलीले त्यो छक्का कसरी क्याच आउट गर्नुपर्छ भन्नेकुरा आफूहरूलाई राम्रोसँग जानकारी भएको उनले बताए ।

‘हामी त्यस्ता मान्छे हौँ, ओली प्रतिगमनलाई क्याम्पस क्याम्पसबाट कसरी कसरी क्याच आउट गर्नुपर्छ भन्ने कुरा चैत ५ गतेको फिल्डिङ हेर्न चुनौती दिन्छु’ अध्यक्ष पराजुलीले भने । चैत ५ गतेका लागि तोकिएको स्ववियु चुनावको तयारीलाई आफ्नो संगठनले तीव्रता दिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्