Logo
Logo

सांसद चन्द्र भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ : स्वास्थ्यमन्त्री


1.8k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्याँस सिलिन्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको जानकारी दिएका छन् ।

नेता भण्डारीलाई भेट्न बिहीबार किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् । भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको उनले बताए । चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने सुझाव दिकाले भारत लैजाने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्