Logo
Logo

मन्त्री खानले भने- खानेपानी नपाएमा सिधै मन्त्रालयमा फोन गर्नुहोस्


5.8k
Shares

काठमाडौं । खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्री नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्री नम्बर ११७१ सार्वजनिक गरेका हुन् ।

तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्री नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् । ‘खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो,’उद्घाटन कार्यक्रममा मन्त्री खानले भने, ‘हाम्रो टोल फ्री नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ ।’

उनले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने बताए । उनले दूर दराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको बताए ।

‘सरकारको लक्ष्य सहर बजारका जनतालाई खानेपानी र सरसफाइमा पहुँच पुर्‍याउन मात्र होइन, दूर दराजका गाउँ टोलमा सरकार भएको अनुभूति गराउन हामीले गुनासो सुनुवाइ एकाइ सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘एकाइमा आएका गुनासो तत्काल सम्बोधन हुन्छ । कार्यालय समयमा लाइभ अन्य समयमा रेकर्डमार्फत गुनासोको सुनुवाइ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्