Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

ग्यास सिलिन्डर विष्फोटदेखि सेयर बजार ओरालोसम्म


441
Shares

१. प्रतिनिधिसभा नियमावली मस्यौदा पारित, राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग लगाउने प्रस्ताव आएमा के गर्ने भन्ने टुंगो लाग्यो, महाभियोग ५ महिनाभित्र टुंगो लगाउने, समय अभावले महाभियोग निष्कर्षमा पु¥याउन नसकेमा नयाँ निर्वाचनबाट आउने संसद्ले आवश्यक निर्णय गर्ने ।


२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने नौ पसल कारबाहीमा, यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागद्वारा कारबाही, कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना ।


३. त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता फागुन २७ गते, मतदान चैत पाँच गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध ।


४. ग्यास सिलिन्डर विष्फोटमा घाइते भएका कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो, कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगियो, ग्यास उक्त घटनामा घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने उपचारको क्रममा निधन ।


५. राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति आवश्यक भएको नारायणकाजी श्रेष्ठको ठहर, संसद्मा भएका सत्तापक्ष र प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्ने अभिव्यक्ति, आफूहरुले समीकरण बदल्न नचाहेको भनाइ ।


६. ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्नमा थप १५ जना पक्राउ, पक्राउ परेका मध्ये ९ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि, भिडियोमा देखिएका मुख्य व्यक्तिलाई समातिसकेको र थप केही निगरानीमा भएको प्रहरीको भनाइ ।


७. वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा म्याद गुज्रिएका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत, स्टोरबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब २७ सय कार्टुन बियर नियन्त्रणमा ।


८. आज पनि सेयर बजारमा आरालो लाग्यो, नेप्से परिसूचक २१ दशमलब १५ अंकले घटेर दुई हजार ७० बिन्दुमा रोकियो, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलब ७० अङ्कले घटेर तीन सय ९६ दशमलब ४४ विन्दुमा सिमित, कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री ।


९.नेपाल टी २० लिगमा काठमाडौं नाइटसका मालिक नवीन कँडेलको पनि संलग्नता, उनलाई पनि मुद्दा चलाउनुपर्ने रयासहितको अनुसन्धान प्रतिवेदन प्रहरीले अघि बढायो, काठमाडौंमा आबद्ध खेलाडीलाई टिमकै व्यवस्थापनमा आबद्ध विकास धानीद्वारा फिक्सिङको प्रस्ताव ।


१०. युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति, बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेमा म्याक्रोँको विश्वास ।

प्रतिक्रिया दिनुहोस्