Logo
Logo

बालाजुमा तोडफोड गरी मोबाइल चोरी गर्ने थप ७ जना पक्राउ


630
Shares

काठमाडौं । नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरुवाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको बिश्लेषण गरेर उनीहरुलाई पक्राउ गरिएको हो ।

चोरी तथा डाँका कसुरमा मुद्धा चलाईएको उनीहरुलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्