Logo
Logo

बडालको नेतृत्वमा अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित


1.4k
Shares

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

बिहीबार सम्पन्न महाधिवेशनले आगामी २ वर्षका लागि बडालको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्।

त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्