Logo
Logo

ल्होत्से मलबाट मोबाइल चोरी गर्नेमात्रै ११ जना पक्राउ


441
Shares

काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलबाट मोबाइल चारी गर्ने थप ११ जना पक्राउ परेका छन् । मोबाइल चारेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीको भ्यानमा आगजनी तथा प्रहरी बिट तोडफोड गर्ने १८ जना पक्राउ परेका छन् । मोबाइल चोरी गर्ने ११ सहित हालसम्म २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।

त्यस्तै तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाही पक्राउ परेका छन् ।

उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्