काठमाडौं । सरकारले जनयुद्ध दिवस र पृथ्वीजयन्तीको बिदालाई पनि वार्षिक क्यालेन्डरमै समेट्ने भएको छ ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।
उनले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिए ।
क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।














