Logo
Logo

आईसीसी विश्वकप लिग २ मा दिपेन्द्रको अर्धशतक


504
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा दिपेन्द्र सिंह ऐरिले अर्धशतक पुरा गरेका छन् ।

दिपेन्द्रले ३४.५ ओभरमा अर्धशतक पुरा गरेका हुन्। दिपेन्द्रले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे । आइसीसी लिग २ मा दिपेन्द्रको यो पहिलो अर्धशतक हो ।

दिपेन्द्र र कुशलले छैटौँ विकेटका लागि शतकीय साझेदारी गरे । कुशल मल्ल ८१ रनमा क्याच आउट हुँदै पवेलियन फर्के । ६७ बलको सामना गरेका कुलले ९ चौका र ४ छक्का हाने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले सम्हालिएर ब्याटिङ गरिरहेको छ ।

नेपालले ३१ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा १ सय ८८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्