Logo
Logo

नेपालले नामाबियाबिरुद्ध टस जितेर बलिङ गर्दै


882
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्र्तगत नेपाल र नामिबिया बिचको खेल सुरु भएको छ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

शुक्रबार नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस्