Logo
Logo

आसिफ र ज्ञानेन्द्रले राखे १३९ रनको साझेदारी रेकर्ड


882
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नामिबियाविरुद्धको नेपालका दुई ब्याट्सम्यानले कीर्तिमानी साझेदारी गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले गरेको यो सर्वाधिक साझेदारी रेकर्ड हो ।

नेपालले ९ रनमै पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएपछि आसिफ र ज्ञानेन्द्रले नेपालको इनिङ सम्हाले । उनीहरुबीच १३९ रनको साझेदारी भएको छ ।

यस प्रतियोगिता अन्तर्गत पहिलो म्याचमा नेपालका कुशल भुर्तेल र रोहित पौडेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो । उक्त रेकर्ड आसिफ र ज्ञानेन्द्रले तोडेका छन् । ज्ञानेन्द्र ७४ बलमा ६५ रन बनाएर आउट भएका छन् । ३ छक्का र पाँच चौका प्रहार गरेका ज्ञानेन्दै अर्को छक्का थप्ने धुनमा क्याचआउट भए ।

आसिफ अहिले क्रिजमै डटिरहेका छन् । उनलाई कुशल मल्लले साथ दिइरहेका छन् । कप्तान रोहित पौडेलले आफूभन्दा पहिले मल्ललाई ब्याटिङमा पठाएका हुन् । उनले अघिल्लो म्याचमा विस्फोटक ब्याटिङ गरेका थिए । अहिलेसम्ममा रनलाई हेर्ने हो भने अब नेपाललाई जितका लागि १२५ रन आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्