काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित खेल मदानमा जारी खेलमा दर्शकको अत्याधिक भीड रहेका छन् । अहिले नेपाल र नामिबियाबीच खेल भइरहेको छ ।

यो समाचार तयार पादौसम्म नामिवियाविरुद्धको नेपालका दुई ब्याट्सम्यानले कीर्तिमानी साझेदारी गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले गरेको यो सर्वाधिक साझेदारीको रेकर्ड हो ।
यस प्रतियोगिता अन्तर्गत पहिलो म्याचमा नेपालका कुशल भुर्तेल र रोहित पौडेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो । उक्त रेकर्ड आसिफ र ज्ञानेन्द्रले तोडेका छन् ।

ज्ञानेन्द्र ७४ बलमा ६५ रन बनाएर आउट भएका छन् । ३ छक्का र पाँच चौका प्रहार गरेका ज्ञानेन्दै अर्को छक्का थप्ने धुनमा क्याचआउट भए । अहिले खेल जारी छ । तस्बिर क्यान
























