
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निर्माणधीन सिंघिया खोला पुलको निरीक्षण गरेका छन् ।
आइतबार बिहान बुढीगंगा र ग्रामथान गाउपालिकाको सिमानामा पर्ने सिंघिया खोला पुगेर अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । ‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुइपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस’ उनले भने ।
सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ ।














