
काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर आदिल आलमले आफूले पहिले नै नेपाल क्रिकेट संघका म्यानेजरलाई स्पट फिक्सिङबारे जानकारी गराएको बताएका छन् ।
आज सरकारी वकिल र प्रहरीसमक्ष आफूलाई प्रस्ताव आएको स्वीकार गर्दै आलमले स्पट फिक्सिङबारे क्यानका म्यानेजर विनोद दासलाई जानकारी गराएको बयान दिएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा पुस ११ गते भएको खेलमा बायाँतर्फ कम्मरको नशामा समस्या आएपछि सामान्य उपचार गरिसकेपछि उनी पुनः मैदान प्रवेश गरेका थिए । पुस ११ गते भएको खेलमा बायाँतर्फ कम्मरको नशामा समस्या आएपछि उनले बलिङ गरेका थिए ।
टिममा तिब्रगतिको बलर नभएको कारण आफूलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको आदिल बयानमा भनेका छन ।
‘बायाँ भागमा समस्या आएका कारण पुस १२ गते सम्पन्न काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र पुस १४ गते भएको जनकपुर र फार वेष्टबीचको खेलको छैटौं ओभरमा दुखाइको कारणले एक नो बल र एक वाइड बल भएको हो,’ उनले बयानमा भनेका छन् ।
उनले आफूलाई स्पट फिक्सिङका लागि समिर शेखले प्रस्ताव गरे जसरी बलिङ नगरेको बताएका छन् । शमिर शेखले उनलाई वाट्सएपमा कल गरेर नो बल र वाइड बल गरेमा एक लाख रुपैयाँ दिने भनि म्यासेज गरेका थिए । तर सामान्य रकम प्रस्ताव गरेकाले उनले मजाक गरेको होला भनेर गम्भीरतापुर्वक नलिएको बयान दिएका छन् ।
आफूलाई प्रस्ताव आएको केही समयमै फिक्सिङ बारे सामाचार आउन थालेकाले आफूलाई पनि सोही अनुसार प्रस्ताव आएको हुनसक्छ भनेर म्यानेजर बिनोद दासलाई जानकारी गराएको बताएका छन् ।














