
तनहुँ । बलात्कारको आरोपमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने एक पुरुष पक्राउ परेका छन् ।
२४ वर्षीय महिलालाई एक जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














