
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको दुई दिन बसेको बैठकले प्रकाश अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् । मूल व्यवस्थापन समितिले आवश्यक्ता अनुसार उपसमिति बनाउन सक्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
त्यस्तै बैठकले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरेको छ ।
केन्द्रीय सदस्यद्वय जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमखुको जिम्मेवारी दिइएको छ । त्यसैगरि पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।














