काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् । तर, दवाव कताबाट आयो ? त्यो भने खुलाएका छैनन् ।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्ुलाई राजीनामा दिन दवाब आएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’
पछिल्लो समय मेयर साहको कामकारबाहीप्रति काठमाडौंका बासिन्दा असन्तुष्ट बनिरहेको अवस्थामा उनले यस्तो बताएका हुन् । बिशेषगरी सुकुम्बासी र फुटफाट पसलहरु अर्को व्यवस्था नगरि जबरजस्त हटाइरहेका मेयर साहको आलोचना बड्दै गएको हो । अरुका कुरा नसुन्ने र मनाेमानी निर्णय गर्ने उनको आदतले पनि मेयर साह अलोकप्रिय बन्दै गएका छन् ।














