Logo
Logo

राप्रपाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिँदै


2k
Shares

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले आजैबाट सरकार छाड्ने घोषणा प्रदेशसभाको बैठकमा गरेका छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकमा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री थापाले सरकारबाट अलग भएर अर्को बैठकबाट प्रतिपक्षमा बस्ने घोषणा गरेका हुन् । उनले औपचारिकरुपमा प्रदेशका मुख्यमन्त्रीलाई सामूहिकरुपमा शनिबार नै राजीनामा बुझाउने बताएका छन् । उनले प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने बताए ।

उनले राप्रपाले संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको बताए ।

उनले जनताको मागलाई सम्बोधन गर्दै संघीयता खारेजीको वकालग गर्दै आएकोमा सरकारको नेतृत्वकर्ताले संविधानको बर्खिलाप भएको भन्दै स्पष्टीकरण सोध्नु गलत भएको समेत बताए । प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्