Logo
Logo

रामचन्द्र राष्ट्रपतिकाे उम्मेदवार, गोविन्द सांसद बन्ने ढाेका खुल्यो ?


1k
Shares

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएको छ । तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बनेपछि उनको स्थानमा उपनिर्वाचन हुने भएको हो ।

नेपाली कांग्रेससहित ८ दलको समर्थन पाएका पौडेल राष्ट्रपति निर्वाचित हुने करिब निश्चित भएको छ । राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा पौडेलले सांसद पद त्याग्नुपर्ने हुन्छ । यससँगै तनहुँका अर्को कांग्रेस नेता गोविन्द भट्टराई सांसद बन्ने सम्भावना बढेको छ ।

कांग्रेसले उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने सम्भवना छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँ– १ बाट पौडेल र २ बाट शंखर भण्डारी उम्मेदवारी दिएपछि गोविन्द रोकिएका थिए ।

पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि भट्टराईले पनि आफ्ना लागि सांसद बन्ने ढोका खुला भएको बताएका छन् । पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि आफूलाई बधाई समेत आउन थालेको उनले बताए । पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै भएकाले पनि आफूलाई बधाई आइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्