
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–३ सामा बस्ने एक युवकको माथिबाट खसेको ढिस्कोले च्यापिँदा मृत्यु भएको छ ।
आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा २१ वर्षीय राजन घिमिरेको मृत्यु भएको हो ।
प्रहरीका अनुसार च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











