बैतडी । हजारौँ श्रद्धालुको भीड, परम्परागत पूजाआराधना र बलिसहित बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका-२, देहीमाण्डौँस्थित मन्दिरमा महाष्टमीका दिन ३४६ राँगा र २५० भन्दा बढी बोकाको बलि दिइएको छ ।

घटस्थापनादेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा महासप्तमीदेखि जात्रा सुरु भएको थियो। महाष्टमीका दिन बलि दिएसँगै जात्रा सम्पन्न भएको हो । निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन बलि दिने परम्परा छ ।
















