
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले किरात मरिनसकेको बताएका छन् ।
बुधबार प्रदेश १ को नाम कोसी बहुमतले पारित भएपछि नेता राईले सामाजिक सञ्जालमार्फत किरात मरिनसकेको ऐँठन मात्रै परेको बताएका हुन् । उनले भोलि कुनै न कुनै दिन ब्युझाउने बताएका हुन् ।
‘इतिहासले बकपत्र गर्छ, नदीले लगभग दुई सय साढे दुई सय वर्षअघि मात्रै यो नाम पाएको हो । तर, किरात चार बेद, अठार पुराण, रामायण, महाभारत भन्दा पहिलै जन्मेको प्राचीन शब्द हो । किराँत मरिसकेको छैन, मात्रै ऐँठन परेको हो । भोलि कुनै न कुनै दिन ब्युझन्छ, हामी ब्युझाउँछौँ,’ उनले भनेका छन् ।











