Logo
Logo

राष्ट्रपति निर्वाचन : आठ दलको बागमतीस्तरीय अभिमुखीकरण आज


378
Shares

काठमाडौं । आठ दलीय गठबन्धनले आज राष्ट्रपति निर्वाचनका सन्दर्भमा बागमती प्रदेशसभा सदस्यहरुसँग अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनुभएको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्