
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासनले आज एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग, लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो ।
‘मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न/नगराउन सबैमा अनुरोध गर्दछौं,’ सूचनामा उल्लेख छ ।
कानुन विपरितका गतिविधि गरेका पाइए प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि प्रशासनले जनाएको छ ।











