Logo
Logo
कविता

शिवरात्रि



शिव मन्दिर परिसरमा
एक रास आगो बलिरहेको
त्यसको अगाडिको घेरामा
जिल्ल पारेर उभिएको म
जाडो थिएन आगो ताप्नु पर्ने
तर तापिरहेको थिए चाहेर नै
त्यो पोल्ने रापको महसुस गर्दा
नियालिरहेको थिए दन्किएको रासलाई
अनि सोचिरहेको थिए आफैलाई
त्यस्तै रासमा जलिरहेको चितामा
यो रास र त्यो रासको बिचको फरक
अब कति नै बाँकी छ र !

फागुन ६, २०७९
समय राति ८ः१६ बजे

प्रतिक्रिया दिनुहोस्